Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिकुम्भ मेलाको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन

कुम्भ मेलाको व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन

चतराः वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित चतराधाममा यही चैत २७ गतेदेखि १ महिनासम्म लाग्ने पिण्डेश्वर पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल आयोजक समिति बिस्तार गर्नुक साथै उप–समितिहरू गठन भएका छन् ।

पिण्डेश्वर पूर्ण महाकुम्भ मेला महोत्सव आयोजक मूल समितिका सह अध्यक्ष वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षमा आयोजना भएको भेलाले मूल आयोजक समितिको उपाध्यक्षमा नगर उप–प्रमुख नन्दकुमारी सुनुवारलाई चयन गरेको छ । त्यस्तै, वराहक्षेत्र वडा नं. १ का वडाध्यक्ष किसन मगर, वडा नं. २ का वडाध्यक्ष होमप्रसाद गौतम, वराहक्षेत्रका गङ्गाबहादुर मगर, दिपेशजंग बस्नेत, योगेश भण्डारी, सुशीला शेर्पा, सीता भण्डारी पौडेल, अशोक थापा, सुरेश श्रेष्ठ, विराटनगरकी इन्दिरा रिजाल, सुरेश शर्मा, धरानका पितरुमल अग्रवाल, इटहरीका बिष्णु प्रसाद रिजाल, उर्लाबारीका तेजकुमार रिजाल र वासुदेव गौतम पनि उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

महासचिवमा ओमकुमार शर्मा र प्रह्लाद भट्टराई हुनुहुन्छ भने सचिवमा चन्द्र मगर, नारायण नेपाल, अमर कट्वाल, कृष्ण कट्टेल, ईश्वर थापा र पुष्प ढुङ्गाना हुनुहुन्छ ।
सह–सचिवमा लक्ष्मी मालाकार, सुरेन राई, जितेन्द्र राई, राम गोपाल खड्का, सुरेन्द्र राई, सोबिता कार्की र दिलु गजमेरलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै, विभिन्न उपसमितिहरूको संयोजक समेत तोकिएको छ । अनुगमन उपसमितिको संयोजकमा उप–प्रमुख नन्दुमारी सुनुवार, स्वयम्सेवक उपसमितिको संयोजकमा दिनेश राई, उद्घोषण उप समितिको संयोजकमा प्रह्लाद भट्टराई र भेषराज घिमिरे तोकिएको छ ।

साहित्य सम्मेलन उपसमितिको संयोजकमा प्रह्लाद भट्टराई, स्काउट परिचालन उप–समितिको संयोजकमा नवलप्रसाद उपाध्याय, संस्कृति, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन उप–समितिको संयोजकमा अजित राई, भजनकीर्तन उपसमितिको संयोजकमा बद्री दाहाल, साजसज्जा उपसमितिको संयोजकमा अनिल मगर र आलोक श्रेष्ठ चयन हुनुभएको छ ।

झाँकी व्यवस्थापन उपसमितिको संयोजकमा कपिल आचार्य, सन्त महन्त आवास व्यवस्थापन उपसमिति संयोजकमा भेषराज घिमिरे, यज्ञ अनुष्ठान, गुरु पण्डित व्यवस्थापन उपसमिति संयोजक लोमश रेग्मी हुनुहुन्छ ।

अतिथि स्वागत सम्मान उपसमिति संयोजकमा राधा शर्मा, इन्धन तथा दाउरा व्यवस्थापन उप–समिति संयोजकमा रञ्जित लोहन र युवराज श्रेष्ठ, प्राथमिक स्वास्थ्य उपचार उप–समितिको संयोजकमा चतरा अस्पतालका उपाध्यक्ष प्रदीप बस्नेत र प्रमुख योगेन्द्र कट्टेल, आवास तथा पण्डाल व्यवस्थापन उपसमितिका संयोजकमा उद्धव घिमिरे, बजार व्यवस्थापन उपसमितिको संयोजकमा सुरेश श्रेष्ठ र कुमार भट्टराई तथा प्रचार प्रसार उपसमिति संयोजक सुनिल भट्टराई चयन हुनुभएको छ ।

मञ्च व्यवस्थापन उप–समिति संयोजक लक्ष्मी मालाकार, स्नान स्थल निर्माण उपसमिति संयोजकमा बुद्ध श्रेष्ठ, विद्युत व्यवस्थापन उपसमिति संयोजकमा दीपक राई र प्रकाश राउत, यातायात व्यवस्थापन उपसमिति संयोजकमा किसन मगर र सह–संयोजकमा सन्तोष श्रेष्ठ, खानेपानी व्यवस्थापन संयोजकमा डम्बर सिग्देल र सह–संयोजकमा दीपक कोइराला, शान्ति सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना एवम् आर्थिक उपसमितिको संयोजकमा भरत पाठक तथा सह–संयोजकमा ज्ञानु पाण्डे र रमेश बिष्ट चयन हुनुभएको छ ।

भेलामा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, स्थानीयवासीहरू, विभिन्न धार्मिक सङ्घ, संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments