विराटचोकः साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.४६ अंक अर्थात ०.६९ प्रतिशतले घटेर २ हजार ६२.०३ बिन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता शेयर ८१ हजार ५६ पटक किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लख १८ हजार ७४१ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढ्यो । बाँकी सबै समूहमा रातो पोतिएको छ । वित्त समूहमा उच्च गिरावट आएको बिहीबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ ।
बजार घटे पनि बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । छ्याङदी हाईड्रो, जोशी पावरको र बलेफी हाईड्रो उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् । मैलुङखोला जलविद्युतको शेयरमूल्य सर्वाधिक ५.७० प्रतिशतले घट्दा प्रोग्रेसिभ फाइनान्सको शेयरमूल्य ५.५८ प्रतिशत, महुली लघुवित्तको ५.४२ र रिभर फल्सको शेयरमूल्य ५.१५ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ४१ अर्ब ३४ करोड ४९ लाख ९९ हजार ७४३ रुपैयाँ कायम भएको छ ।