Tuesday, October 6, 2026
Homeफिचरसुन्दरहरैंचाले तहगत प्रधानाध्यापकहरू नियुक्त गर्ने

सुन्दरहरैंचाले तहगत प्रधानाध्यापकहरू नियुक्त गर्ने

विराटचोकः सुन्दरहरैँचा नगरपालिकाले सामुदायिक विद्यालयहरूमा तहगत प्रधानाध्यापकहरू नियुक्त गर्ने भएको छ ।

नगरपालिकाले १५ दिने सूचना जारी गरी योग्य शिक्षकहरुलाई माध्यमिक विद्यालयहरूमा प्रधानाध्यापक पदका लागि आवश्यक शर्तहरू बमोजिमका कागजातहरूसहित सम्बन्धित विद्यालयमा नै निवेदन दिन अनुरोध गरेको छ ।

छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू शिक्षा नियमावली, २०५९ (१० औँ संशोधनसहित) मा भएको व्यवस्थाअनुसार हुने जनाइएको छ । पहिलो चरणमा माध्यमिक तह सञ्चालित सबै सामुदायिक विद्यालयहरूमा तहगत स्थायी प्रधानाध्यापकहरूको व्यवस्था गरिसक्ने र बाँकी आधारभूत तहका विद्यालयका लागि पनि चाँडै प्रक्रिया शुरु गरिने नगरपालिकाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments