Tuesday, October 6, 2026
Homeराजनीतिकांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता

कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।

आज सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन बन्द सत्रले पारित गरेपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ्ने बताइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
मतदाता नामावली प्रकाशन, नामावली उपर दावी–विरोध, दावी–विरोध उपर जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजै सकिएको छ ।

अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेद्वारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

भोलि बिहान ९ बजेसम्म उम्मेदवारले नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइनेछ । असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments