Tuesday, October 6, 2026
Homeशिक्षा र स्वास्थ्यसुकुनाको क्याम्पस सभा (सिनेट) को बिसौँ बैठक सम्पन्न

सुकुनाको क्याम्पस सभा (सिनेट) को बिसौँ बैठक सम्पन्न

विराटचोकः नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस सभा (सिनेट) को बिसौँ बैठक क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । 
सिनेट बैठकको पहिलो चरणमा बिहानी सत्र छात्रवृत्ति समितिका संयोजक रमेश खड्काको अध्यक्षतामा बसी छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा अक्षयकोषको ब्याज, अक्षयकोषदाता सङ्घ÷संस्था र व्यक्तिबाट प्राप्त रकम, विभिन्न वित्तीय संस्थाहरूबाट प्राप्त सहयोग रकम, दातृ निकायबाट प्राप्त रकम र क्याम्पस कोषबाट समेत गरी १३८ जना जेहेन्दार विद्यार्थीलाई  ८ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो । चालु आर्थिक वर्षमा जम्मा ५६ लाख ९९ हजार ५०० रुपैयाँ छात्रवृत्ति रकम वितरण गर्ने योजना रहेको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिनुभयो । 
छात्रवृत्ति वितरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्षसुरेन्द्रबहादुर थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको छात्रवृत्ति योजनाका विषयमा योजना प्रस्तुत गर्नुभएको थियो । छात्रवृत्ति वितरण कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख पोखरेलले गर्नुभएको थियो । 
सिनेट बैठकको दोस्रो चरणमा  उद्घाटन सत्र सञ्चालन गरिएको थियो । सञ्चालक समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रम सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गर्नुभएको थियो । उद्घाटन सत्रमा सहभागीहरूलाई सञ्चालक समितिका सदस्य टीकाप्रसाद कट्टेलले स्वागत गर्र्र्र्र्नुभएको थियो । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३\०८४ का लागि रु. २५ करोड ८५ लाख ३६ हजार ३४० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख एवम् पब्लिक क्याम्पस सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेल लगायत पूर्वका विभिन्न क्याम्पसका प्रमुखहरूको उपस्थिति रहेको थियो । 
कार्यक्रममा अनुदान आयोग नेपालको अनुदानमा निर्मित  १४ कोठे भवनको उद्धाटन गर्दै प्रमुख अतिथि प्रा.डा. केसीले सामुदायिक क्याम्पसहरूलाई विश्वविद्यालय अनुदान आयोगले आर्थिक, भौतिक, व्यवस्थापकीय र अनुसन्धानमा सहयोग गर्ने बताउँदै क्याम्पसको कार्यसम्पादनबाट आफू सन्तुष्ट रहेको बताउनुभएको थियो  । 
सिनेट बैठकमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की र सामुदायिक क्याम्पसहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने बिएड् विज्ञानकी छात्रा जीविका सापकोटालाई सम्मान गरिएको थियो । 
कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, दमक बहुमुखी क्याम्पस दमकका क्याम्पस प्रमुख यज्ञराज गिरी, सशस्त्र प्रहरी बल नेपालका  प्रहरी नायब महनिरीक्षक (डिआइजी) डा. नेत्रबहादुर कार्की, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले सिनेट बैठकको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 
सिनेट बैठकको दोस्रो चरणमा सञ्चालक समितिका अध्यक्षसुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सिनेट बैठकको बन्दसत्र सञ्चालन भएको थियो । बन्दसत्रले क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, क्याम्पसको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३\०८४ का लागि बजेट पारित गरेको थियो । 
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments