विराटचोकः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज मोरङको सुन्दरहरैंचा नगरपालिकामा मतदान प्रक्रियामार्फत् नेतृत्व चयन हुने भएको छ ।
आज बिहान ८ बजे सुन्दरहरैंचाको दुर्गादेवी दुलाल स्पोर्टस्ग्राममा नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।
नगरमा पार्टीको नेतृत्व लिनका लागि २ समूह निर्वाचनमा होमिएका छन् । सचिव र सदस्य पदका पदाधिकारी भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
सभापति पदका लागि होमनाथ पोखरेल र हरिबहादुर पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।
महिला उपसभापति पदका लागि धारणा खनाल र अमृता लिम्बूबीच प्रतिष्पर्धा हुने भएको छ ।
खुला उपसभापति पदमा कमल ढुङ्गाना कुन्दन र रबिन दाहालबीच प्रतिष्पर्धा हुने भएको छ ।
सहसचिव पदका लागि विमला कार्की खड्का, कोमलप्रसाद लुइँटेल र राजनकुमार बास्तोलाबीच प्रतिष्पर्धा हुने भएको छ । यद्यपि उम्मेद्वारी फिर्ता लिने समय सकिएपछि बास्तोलाले आफ्नो उम्मेद्वारी फिर्ता (उम्मेद्वारी निस्क्रिय) गराउनुभएको छ ।
जिल्ला कार्यसमितिको खुला सदस्य पदका लागि नगरबाट निर्वाचित हुने सदस्यका लागि गोपाल कार्की र कृष्णप्रसाद भट्टराईको उम्मेद्वारी परेको छ ।
सम्बन्धित समाचारहरूः
सुन्दरहरैंचा कांग्रेसको अधिवेशनमा सहसचिव पदका उम्मेद्वार राजनकुमार बास्तोलाले फिर्ता लिए उम्मेद्वारी





