Sunday, September 27, 2026
Homeसमाचारचितवनमा २४ घण्टामा २२२ मिलिमिटर वर्षा

चितवनमा २४ घण्टामा २२२ मिलिमिटर वर्षा

विराटचोकः पछिल्लो २४ घण्टामा चितवनको माडी कल्यानपुर केन्द्रमा २२२.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै, परासीको बर्दघाट, चितवनको मेघौली र तनहुँको अत्रौउलीटारमा पनि २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ।

परासीको बर्दघाट मापन केन्द्रमा २०७ मिलिमिटर वर्षा भएको छ । चितवनको मेघौली मापन केन्द्रमा २०२.८ मिलिमिटर वर्षा भएको छ । तनहुँको अत्रौउलीटार मापन केन्द्रमा २०२.२ मिलिमिटर वर्षा भएको छ ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तै, १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा र ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भनिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments