गोठगाउँः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले कुबिर लिम्बूलाई सभापतिमा चयन गरेको छ ।
अधिवेशनबाट वर्तमान नगर सभापति भक्तिप्रसाद सिटौलासहित ९ जना खुला तर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । अन्य ८ जना प्रतिनिधिमा विशाल खरेल, बलभद्र बिष्ट, रञ्जना ओझा, कमल पराजुली, अनुरोध साह, लुबराज आचार्य, खेम पराजुली र हरिप्रसाद आचार्य चयन हुनुभएको छ ।
महिलातर्फ दलित महिला शकुन दियालीसहित ५ जना चयन हुनुभएको छ । जसमा बालकुमारी सिटौला, विमला ढकाल अधिकारी, लक्ष्मी दाहाल र शर्मिला आचार्य हुनुहुन्छ ।
दलित प्रतिनिधिमा हीरा विश्वकर्मा, श्रमिकमा ठमराज न्यौपाने, पेशागतमा भुवनसिंह मगर, सेनानीतर्फ चैतन्यप्रसाद सिटौला र देवीप्रसाद सिटौला चयन हुुनुभएको छ ।
३५ वर्षमुनिका प्रतिनिधिअन्तर्गत महिलातर्फ गायत्रा रेग्मीसहित ४ जना चयन हुनुभएको छ । त्यस्तै, मिलन लुइँटेल, मनिल चुँडाल र रबिन बजगाईँ पनि ३५ वर्षमुनिको समूहबाट चयन हुनुभएको छ ।
समानुपातिकतर्फ प्रह्लाद थोप्रा लिम्बू, टेकबहादुर गुरुङ, तेजप्रसाद ढुङ्गेल, यज्ञमणि सिटौला, बलराम चौधरी, सुनिता श्रेष्ठ, बितिसा राई, युवराज पौडेल र प्रेमप्रसाद ढुङ्गेल चयन हुनुभएको छ ।
वडामा अपाङ्गता भएका व्यक्ति क्रियाशील सदस्य नभएकाले सो समूहतर्फको सदस्यलाई खुलातर्फबाट चयन गरिएको जनाइएको छ ।
प्रदेश कार्यसमिति सदस्य अनुरोध साह, प्रदेश प्रतिनिधि विशाल खरेल, नगर सभापति भक्ति सिटौला र वडा सभापति बलभद्र बिष्टको संयुक्त पहलमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाइएको छ ।





