विराटचोकः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ प्रतितोला ४ हजार ६५० रुपैयाँ तोकिएको छ ।





