विराटचोकः नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेका छन् ।
पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको १५ औं महाधिवेशन तयारी समितिले समानान्तर अधिवेशन गर्न जिल्ला संयोजकहरू तोकेको हो ।
असोज १५ गते वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारीमा देउवा पक्ष छ ।
संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाले जिल्ला संयोजक तोकिएको पत्र दिने गरेका छन् ।





