इटहरीः नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन हुनुभएको छ ।
सभापतिका उम्मेद्वार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास हिजो दिनभर भए पनि सहमति जुट्न नसकेपछि आज मतदान गर्ने तालिका सार्वजनिक भएको थियो ।
आज सर्वसम्मत नेतृत्व चयनका लागि नेतृत्व तहले दुवै उम्मेद्वारलाई राखेर पटक–पटक छलफल गरेपछि दुई जनाबीच सहमति जुटेको बताइएको छ ।
केसी १३ औँ र १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित हुनुभएको थियो । अर्का प्रत्यासी बिष्ट १४ औँ महाधिवेशनमा केसीकै टिमबाट इटहरी नगरको उपसभापति पदमा चुनाव लडेर विजयी हुनुभएको थियो ।
दुई जनाबीच भएको सहमतिमा बिष्टलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिसहित जिल्लाको पदाधिकारीमा लैजाने सहमति भएपछिसभापति पद केसीलाई छाडेको बताइएको छ ।





