Thursday, September 24, 2026
Homeशिक्षा र स्वास्थ्यसम्भावित ठूलो वर्षालाई मध्यनजर गर्दै विराटनगरमा आज र भोलि विद्यालय बिदा

सम्भावित ठूलो वर्षालाई मध्यनजर गर्दै विराटनगरमा आज र भोलि विद्यालय बिदा

विराटनगरः ४ दिनसम्म हुन सक्ने सम्भावित भीषण वर्षालाई मध्यनजर गरी हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले आज र भोलि विद्यालयलाई बिदा दिएको छ ।

विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले आज र भोलि विद्यालय बन्द गर्ने जानकारी दिएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज ८ गतेदेखि ११ गतेसम्म देशभर भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

सो अवधिमा नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो अवरुद्ध हुने जोखिम रहेकाले विद्यार्थी तथा सर्वसाधारणको सुरक्षाका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखाले जनाएको छ ।

विपद्को अवस्था आएमा सुरक्षित विद्यालय भवनहरूलाई आवश्यकता अनुसार अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न विद्यालय प्रशासनलाई महानगरले आग्रह गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments