Monday, November 2, 2026
Homeशिक्षा र स्वास्थ्यनक्सामा नभएको भन्दै जग्गादाताका परिवारले नै बाटो बन्द गरेपछि विद्यालयको पठनपाठन प्रभावित

नक्सामा नभएको भन्दै जग्गादाताका परिवारले नै बाटो बन्द गरेपछि विद्यालयको पठनपाठन प्रभावित

इटहरीः सुनसरीको रामधुनी नगरपालिका–६ स्थित तेह्र बालबालिका स्मृति आधारभूत विद्यालय जाने मुख्य बाटो बन्द भएपछि करिब ५ सय विद्यार्थी, शिक्षक तथा अभिभावकहरू मर्कामा परेका छन् ।

बाटोमा तारबार लगाएर अवरोध सिर्जना गरिएपछि विद्यालयको पठनपाठन नै प्रभावित भएको छ । विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाका अनुसार करिब १९ वर्षअघि जग्गा खरिद–बिक्रीका क्रममा विद्यालय तथा बालबालिकाको आवागमनका लागि १६ फिट चौडाइको पहुँच मार्ग छुट्याइएको थियो ।

२०६३ सालमा स्थापित सो विद्यालयमा त्यसयता विद्यालय, विद्यार्थी, शिक्षक तथा स्थानीयको सहमतिमा उक्त बाटो सार्वजनिक रूपमा प्रयोग हुँदै आएको थियो । आफ्नै सवारीसाधनसमेत रहेको उक्त विद्यालयमा मान्छे हिँड्नका लागि साँघुरो ठाउँ छाडिए पनि सवारी साधन चल्न नसक्ने बाटो बनाइएको छ ।

राजकुमार पौडेल र ध्रुव पौडेलले बाटोमा तारबार लगाउँदा बाटो पूर्ण रुपमा बन्द भएको हो । उनीहरुका बुबा भीमबहादुर पौडेल स्वयं विद्यालय स्थापनाकालका संस्थापक अध्यक्ष तथा व्यवस्थापन समितिका पूर्वपदाधिकारी हुनुहुन्छ । पौडेल परिवारको एक कठ्ठा जग्गाको केही भाग बाटोमा परेको विषयलाई लिएर असन्तुष्टि जनाउँदै उनका छोराहरूले बाटोमा तारबार लगाएका हुन् ।

घटनापछि विद्यालय व्यवस्थापन समितिले शान्ति सुरक्षा कायम गर्न र अवरोध हटाउन माग गर्दै वडा कार्यालय, रामधुनी नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा औपचारिक उजुरी दर्ता गराएको छ ।

प्रधानाध्यापक तिम्सिनाले तत्काल छानबिन गरी बाटोमा लगाइएको तारबार हटाइयोस् र दोषीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरियोस् भनी जोडदार माग गरेका छन् ।

विद्यालयले नगरपालिकामा रहेको न्यायिक समितिमा पनि निवेदन दिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments