Tuesday, November 3, 2026
Homeफिचरसुकुना सामुदायिक अस्पताल विराटचोकमा शल्यक्रिया सेवा शुरु, भोजपुरका बिरामीले लिए पहिलो सेवा

सुकुना सामुदायिक अस्पताल विराटचोकमा शल्यक्रिया सेवा शुरु, भोजपुरका बिरामीले लिए पहिलो सेवा

विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पताल प्रा.लि.ले शल्यक्रिया (अप्रेसन) सेवा सञ्चालनमा ल्याएको छ । असोज ३० गते सो अस्पतालले पहिलो शल्यक्रिया गरेको हो ।

भोजपुर निवासी बिरामीको पहिलो सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । बिरामीको पूर्ण पहिचान भने अस्पतालले खुलाएको छैन ।

संजोग घिमिरेको टिमले सो पहिलो शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले आगामी दिनमा पनि बिरामीको आवश्यकता र मागअनुसार स्वास्थ्य सेवाको दायरा थप विस्तार गर्दै लैजाने सञ्चालक प्रमोद कोइरालाले जानकारी दिनुभयो ।

सो अस्पतालले २०६६ सालदेखि २४ सै घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको थियो । सेवा विस्तार गर्ने क्रममा असोज ३० गतेदेखि व्यवस्थित अप्रेसन सेवा प्रारम्भ गरेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments