Sunday, September 20, 2026
Homeशिक्षा र स्वास्थ्यनेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजिरीजवाफमा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजिरीजवाफमा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

गछियाः नेपाल कम्प्युटर सेन्टर सुन्दरहरैंचाले संविधान दिवसको अवसर पारेर आयोजना गरेको अन्तरविद्यालयस्तरीय ‘एनसीसी क्वीज मेनिया –२’ प्रतियोगिताको उपाधि सुन्दरहरैंचा–३ स्थित सगरमाथा हिमाल दर्शन सेकेण्डरी स्कुलले जितेको छ ।

सो प्रतियोगितामा सुन्दरहरैंचाको ज्ञानज्योति सेकेण्डरी स्कुल दोस्रो, इटहरीस्थित पूर्वाञ्चल सेकेण्डरी स्कुल तेस्रो तथा सुन्दरहरैँचा–२ स्थित लभ्ली एन्जल्स इङ्लिस स्कुलले सान्त्वना पुरस्कार पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । पहिलो हुनेले ११ हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार ५०० रुपैयाँ, तेस्रो हुनेले ५ हजार ५०० रुपैयाँ तथा सान्त्वना स्थान ल्याउने ३ हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका हुन् ।

विद्यार्थीको ज्ञान, सिर्जनात्मकता तथा बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेपाल कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक शम्भु राईले जानकारी दिनुभयो ।

२०७३ सालमा स्थापना भएको नेपाल कम्प्युटर सेन्टरले शैक्षिक गतिविधिसँगै विद्यार्थी लक्षित विभिन्न शैक्षिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतियोगितामा सुन्दरहरैंचा र इटहरीका गरी २१ विद्यालय सहभागी थिए । दुवै चरणबाट ११ विद्यालय फाइनलमा पुगेका थिए ।

फाइनलमा सुन्दरहरैंचाका क्वेस्ट सेकेण्डरी स्कुल, ज्ञानज्योति सेकेण्डरी स्कुल, सुविजीमुर मेमोरियल, सुन्दरवाटिका एकेडेमी, लाइटिङ ग्लोबल एकेडेमी, सगरमाथा हिमाल दर्शन, लभ्ली एञ्जल्स, टेन्डरफिट तथा इटहरीका पूर्वाञ्चल सेकेण्डरी स्कुल, गार्डेन एकेडेमी र ग्रीनपीस एकेडेमीबीच प्रतिष्पर्धा भएको थियो ।

नेपाल कम्प्युटर सेन्टरको आयोजनामा असोज ३ गते अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुँदै

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments