Sunday, September 20, 2026
Homeअर्थसुनचाँदीगत साता २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

गत साता २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

विराटचोकः गत साताभरमा नेपाली बजारमा सुनको मूल्य २ हजार १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको साप्ताहिक कारोबार तालिकाअनुसार भदौ २७ गते शनिबार नेपाली बजारमा ३ लाख १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य एक हप्तापछि अर्थात असोज २ गते शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

महासंघका अनुसार भदौ २८ गते आइतबार सुनको मूल्य १२०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ २९ गते सोमबार भने १२०० रुपैयाँले नै घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमै झरेको थियो ।

भदौ ३० गते मंगलबार प्रतितोला ९०० रुपैयाँले घटेर सुनको मूल्य ३ लाख १०० रुपैयाँमा कारोबार भएको थियो ।

भदौ ३१ गते बुधबार प्रतितोलामा १ हजार ७०० रुपैयाँ बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो ।

असोज १ गते बिहीबार २ हजार ३०० रुपैयाँले घट्दै सुनको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँमा झरेको थियो ।

हप्ताको अन्तिम कारोबार दिन असोज २ गते शुक्रबार तोलामा ३ हजार ६०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments