Sunday, September 20, 2026
Homeसमाचारनेपालीरिका होटलको छैटौँ वार्षिकोत्सवमा असोजभर विशेष उत्सव हुने

नेपालीरिका होटलको छैटौँ वार्षिकोत्सवमा असोजभर विशेष उत्सव हुने

विराटचोकः नेपालीरिका होटलले असोजभर विशेष उत्सव आयोजना गर्ने भएको छ ।

आतिथ्यता, स्वाद र आत्मीय सेवाका लागि परिचित सो होटलले आफ्नो स्थापनाको छैटौँ वार्षिकोत्सवको अवसरमा झापाको दमक–६ भृकुटी चोक तथा मोरङको सुन्दरहरैँचा–९ विराटचोकबाट विशेष आवास तथा खानपानका आकर्षक प्याकेज सार्वजनिक गरेको हो ।

वार्षिकोत्सव अवसरमा असोजभर विशेष आवास प्याकेज, खानाका विशेष परिकार, कम्बो प्लेटर्स तथा पेय पदार्थका आकर्षक प्याकेज उपलब्ध हुने होटलका प्रबन्ध निर्देशक आकाश दुलालले जानकारी दिनुभयो ।

विशेष बार्बेक्यु तथा विविध परिकारका लाइभ फुड स्टेसन सञ्चालन गरिने होटलले जनाएको छ । परिवार, साथीभाइ, सहकर्मी तथा प्रियजनसँग भेटघाट र रमाइलो गर्न चाहनेहरूका लागि यी विशेष कार्यक्रम लक्षित रहेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments