विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण गरिएका वडामध्ये वडा नम्बर ७ ले सबैभन्दा धेरै परिचयपत्र वितरण गरेको छ ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, मोरङको सहकार्यमा नगरका सबै वडाबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्रमध्ये वडा नम्बर ७ बाट ३ हजार ७०६ ओटा परिचयपत्र वितरण भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार वडा नम्बर ७ पछि वडा नम्बर ६ बाट ३ हजार ५२७, वडा नम्बर २ बाट ३ हजार ४७५, वडा नम्बर ८ बाट ३ हजार १७४ र वडा नम्बर ४ बाट ३ हजार १५० ओटा राष्ट्रिय परिचयपत्र वितरण भएका छन् ।
त्यस्तै, वडा नम्बर ५ बाट ३ हजार २३, वडा नम्बर ११ बाट २ हजार ७६५, वडा नम्बर ९ बाट २ हजार ४५४, वडा नम्बर १२ बाट १ हजार ५२५, वडा नम्बर ३ बाट १ हजार ५१४, वडा नम्बर १० बाट १ हजार ६१६ र वडा नम्बर १ बाट १ हजार १५९ ओटा परिचयपत्र वितरण भएका छन् ।
सिद्धेश्वर मन्दिर र नगरपालिकाको कार्यालयबाट ७ सय ११ ओटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका विभिन्न वडा तथा वितरण केन्द्रबाट ३१ हजार ६ सय ९९ ओटा राष्ट्रिय परिचयपत्र वितरण भएको नगरले जनाएको छ ।
नगर र वडाबाट तत्कालका लागि राष्ट्रिय परिचयपत्र वितरण कार्य स्थगित गरिएको नगरपालिकाले एक सूचनामार्फत् जानकारी गराएको छ ।





