Thursday, September 17, 2026
Homeफिचरनेपाल कम्प्युटर सेन्टरको आयोजनामा असोज ३ गते अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुँदै

नेपाल कम्प्युटर सेन्टरको आयोजनामा असोज ३ गते अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुँदै

गोठगाउँः यही असोज ३ गते मोरङको सुन्दरहरैंचामा अन्तरविद्यालय ‘क्वीज म्यानिया सिजन–२’ आयोजना हुने भएको छ । सुन्दरहरैंचा–७ गोठगाउँस्थित नेपाल कम्प्युटर सेन्टर (एनसीसी) ले विद्यार्थीको ज्ञान, सीप तथा क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

आयोजकले आज पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा मोरङको सुन्दरहरैंचा र सुनसरीको इटहरीका २० भन्दा बढी विद्यालय सहभागी हुनेछन् । सहभागी विद्यालयको संख्या धेरै भएकाले दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने भएको छ । समूह ‘ए’ को प्रतियोगिता सुन्दरहरैंचा–६ स्थित आदिवासी भवनमा र समूह ‘बी’ को प्रतियोगिता लाइटिङ ग्लोबल सेकेन्डरी स्कुलको भवनमा सञ्चालन हुने जनाइएको छ ।

ती दुवै समूहबाट उत्कृष्ट भएकाबीच सोही दिन फाइनल प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा इतिहास, भूगोल, समसामयिक घटना, विज्ञान तथा प्रविधि, धर्म–संस्कृति–भाषा–साहित्य, खेलकुद तथा अडियो–भिडियो विधाका प्रश्न समावेश गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रत्येक प्रश्नको १० अंकका दरले अंक प्रदान गरिने र पास भएर आएको प्रश्नको जवाफ दिँदा ५ अंक प्राप्त हुने जनाइएको छ ।

प्रतियोगिताका विजेताले ११ हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार ५०० रुपैयाँ, तेस्रो हुनेले ५ हजार ५०० रुपैयाँ तथा सान्त्वना स्थान ल्याउने ३ हजार ५०० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल कम्प्युटर सेन्टरका प्रबन्ध निर्देशक शम्भु राईले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments