Wednesday, September 16, 2026
HomeUncategorizedगिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनिल शर्मा

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. सुनिल शर्मा

विराटचोकः नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक तथा कांग्रेस नेता डा. सुनिलकुमार शर्मा गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्ष चयन हुनुभएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेसनकी निवर्तमान अध्यक्ष सुजाता कोइरालाले कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शर्मालाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।

शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गर्दै आफूले उनलाई ‘अर्को बुबा’का रूपमा लिने बताउनुभयो ।

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधिलाई देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पार्टी र मुलुकको आर्थिक समृद्धिको आधार तयार गर्न नेता कोइरालाले खेलेको भूमिकाबारे आउँदो पुस्तामाझ पुर्याउन आवश्यक रहेको पनि बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments