विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा नेपाली उत्पादनका जुत्ताचप्पल मात्र बिक्री गर्ने उद्देश्यले ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आएको छ ।
सो जुत्ताघरमा स्वदेशी ७ वटा ब्रान्डका जुत्ताचप्पल उपलब्ध रहेको बताइएको छ । १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल १०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्ममा पाइने सञ्चालक मातृका नेपालले बताउनुभयो ।
नेपाली जुत्ताघरले यसअघि इटहरीमा शाखा सञ्चालनमा ल्याएको थियो । सो जुत्ताघरमा रन सुज, फस्ट वाक सुज, बीएफ डियर हिल सुज, स्मार्ट सुज, सुल्याण्ड, गोल्डस्टार र क्यापिटल ब्राण्डका जुत्ताचप्पल बिक्रीका लागि राखिएको सञ्चालक नेपालले जानकारी दिनुभयो ।
हप्तामा सातै दिन खुला रहने सो पसलमा अन्य पसलमा भन्दा सस्तो मूल्यमा जुत्ताचप्पल पाइने सञ्चालक नेपालले बताउनुभयो ।
नेपाली जुत्ताघरको यो तेस्रो शाखा हो । यसअघि सुनसरीको इटहरीस्थित आइतबारेमा दुर्गा पार्टी प्यालेससँगै र धरानमा महेन्द्रपथमा नेपाली जुत्ताघर सञ्चालन रहेका थिए ।





