Thursday, November 19, 2026
Homeअर्थयी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १९ करदाता

विराटचोकः गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदातालाई सरकारले सम्मान गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ती करदातालाई कर दिवसको दिन सम्मान गरेका छन् ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागू भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउँदै आएको छ ।

यस दिन करदातालाई प्रोत्साहन गर्न धेरै कर तिर्ने करदातालाई सम्मानसमेत गरिन्छ । यसअघि १६ करदातालाई सम्मान गर्ने गरिएकोमा अहिले १९ करदातालाई सम्मान गरिएको हो ।

यी हुन् १९ विधामा सम्मानित करदाता
१. निकायहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– सूर्य नेपाल प्रा.लि.
२. एकलौटी फर्महरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– थर्ड आई इण्टरनेशनल

३. वस्तु निर्यातको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– डाबर नेपाल (प्रा.) लि

४. सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोवार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल

५. कृषि एवं पशुपंक्षीजन्य उद्योग मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– ओ. सि. बी. फुड्स एण्ड फिड्स प्रा.लि.

६. बैंकिङ क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– नबिल बैंक लि.

७. स्वास्थ्य तथा शैक्षिक संस्थाहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि.

८. पर्यटन व्यवसाय गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– सोल्टी होटल लिमिटेड

९. वस्तु व्यापारको कारोबार गर्नेमध्ये आ.व. २०८१÷०८२ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने– सी. जी. इम्पेक्स प्रा. लि.

१०. वार्षिक कारोबार रकम रू. ५० करोडभन्दा बढी रू. १०० करोडसम्म कारोबार गर्ने करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– फुड एण्ड विभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा.लि.

११. उर्जामूलक उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– भोटेकोशी पावर कम्पनी प्रा.लि.

१२. रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– आई.एम.ई. लिमिटेड

१३. व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने– राजबहादुर शाह

१४. वि.सं.२०७७ साउन देखि २०८३ असार मसान्तसम्मको कर अवधिमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य आयकर दाखिला गर्ने– हिमालयन लिमिटेड डिष्टिलरी

१५. वार्षिक कारोबार रकम रू. ५० करोडसम्म कारोबार गर्ने करदाताहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

१६. विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– वरुण विभरेज नेपाल प्रा. लि

१७. जीवन बीमा क्षेत्रमा कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.

१८. निर्जीवन बीमा क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

१९. लघुवित्त क्षेत्रमा कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने– छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments