Monday, August 24, 2026
Homeअर्थशेयर२६०० को लाइनबाट पनि झर्याे शेयर बजार

२६०० को लाइनबाट पनि झर्याे शेयर बजार

विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५० स्टकको ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ५३ हजार १५३ पटक किनबेच हुँदा ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा जलविद्युत समूह सर्वाधिक अर्थात १.१९ प्रतिशत घटेको छ ।

आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १२ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि सर्वोत्तम पेन्ट्सको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ । धौलागिरी लघुवित्तको शेयरमूल्य ११.९८ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.१४ र सयपत्री हाईड्रोको सेयरमूल्य ६.२७ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माई हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ९.८३ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ७१ अर्ब ६२ करोड ८० लाख २९ हजार ७४२ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments