Monday, August 24, 2026
Homeअर्थशेयरदुई घण्टामा १२ अंक झर्याे शेयर बजार, कारोबार रकम १ अर्ब १५...

दुई घण्टामा १२ अंक झर्याे शेयर बजार, कारोबार रकम १ अर्ब १५ करोड रुपैयाँ

विराटचोकः आज पनि बजार खुलेदेखि नै नेपाली शेयर बजारमा बिक्री चाप देखिएको छ । जसका कारण २ घण्टामा १२ अंकले बजार घटेको छ ।

सो अवधिमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै साहस ऊर्जाको ४ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि उच्च कारोबार हुनेमा सोलु हाइड्रोपावर र माउण्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।

नेप्से सूचक २६०६ को आसपासमा रहेर शेयर किनबेच भइरहेको छ । सूचक घटेको बजारमा सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments