Saturday, August 22, 2026
Homeअर्थमेची बहुउद्देश्यीयको बेलबारी सेवा कार्यालयको साधारण सभा सम्पन्न

मेची बहुउद्देश्यीयको बेलबारी सेवा कार्यालयको साधारण सभा सम्पन्न

बेलबारीः दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेलबारी सेवा कार्यालयको साधारणसभा हिजो बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

१२ वटा सेवा कार्यालय रहेको सहकारीले हिजो बेलबारी र लेटाङमा साधारणसभा गरेर सेवा कार्यालयतर्फको साधारणसभा सम्पन्न गरेको हो ।

बेलबारीमा भएको साधारणसभामा सो सेवा केन्द्र अन्तर्गतका विभिन्न विधामा उत्कृष्ट शेयर सदस्य तथा शेयर सदस्यका परिवारका सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सो संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले संस्थाले गरिरहेका काम र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

साधारणसभामा प्रस्तुत भएको संस्थाको लेखा परीक्षण प्रतिवेदन तथा वार्षिक प्रगति प्रतिवेदन पारित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments