Saturday, August 22, 2026
Homeसमाचारदेशका हिमाली तथा पहाडी भेगमा मध्यम वर्षा हुने, गत २४ घण्टामा सिन्धुपाल्चोकमा...

देशका हिमाली तथा पहाडी भेगमा मध्यम वर्षा हुने, गत २४ घण्टामा सिन्धुपाल्चोकमा सर्वाधिक वर्षा

विराटचोकः आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची घ्याङमा सर्वाधिक अर्थात् १०७.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, ताप्लेजुङको तापेथोकमा १०३.४ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान गरिएको छ ।

मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments