Wednesday, August 19, 2026
Homeविश्वआज विश्व फोटोग्राफी दिवस मनाइँदै

आज विश्व फोटोग्राफी दिवस मनाइँदै

विराटचोकः आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।

नेपालमा सन् २०१० बाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

संसारको सबैभन्दा पहिलो तस्बिर
संसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो । त्यतिबेला एउटा तस्बिर खिच्न धेरै समय लाग्थ्यो ।

अहिले सामाजिक सञ्जालमार्फत् विश्वभर एक मिनेटमै लाखौ तस्बिरहरू सार्वजनिक भइरहेको बताइन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments