Tuesday, October 6, 2026
Homeविश्वइटहरीका कमलप्रसाद दाहाल महात्मा गान्धी विश्वशान्ति अवार्डबाट विभूषित

इटहरीका कमलप्रसाद दाहाल महात्मा गान्धी विश्वशान्ति अवार्डबाट विभूषित

इटहरीः अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा सांस्कृतिक शोधकर्ता, ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल ‘महात्मा गान्धी विश्वशान्ति अवार्डबाट विभूषित हुनुभएको छ ।

भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसनले डा. दाहाललाई विश्वशान्ति, भाइचारा र गान्धीवादी दर्शनको प्रवद्र्धनमा आजीवन पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो।

फाउन्डेसनद्वारा जारी गरिएको नियुक्ति पत्रअनुसार डा. दाहाललाई ‘आजीवन’ विश्वशान्ति दूतका रूपमा मनोनयन गरिएको हो । यसका साथै, उहाँलाई ‘महात्मा गान्धी ग्लोबल पिस अवार्ड’ बाट समेत सम्मानित गरिएको छ ।

समारोहमा एमजीजीपी इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको ’गान्धी पिस इन्टरनेसनल अवार्ड तथा पिस समिट’ मा डा. दाहाललाई विशिष्ट अतिथिको रूपमा निम्त्याइएको थियो ।

ईश्वर, आमाबुबा र शुभचिन्तकप्रति आभार
सम्मान प्राप्त गरेपछि डा. दाहालले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गर्दै आफ्नो सफलताको श्रेय परमेश्वर, मातापिताको आशीर्वाद र शुभचिन्तकहरूको निरन्तर साथलाई दिनुभएको छ ।
उहाँले लेख्नुभएको छः
“ॐ श्री सुक्ष्मविश्वविन्दु निराकार अखण्ड परम महागुरु, मातापिताको आशीर्वाद, यहाँहरू सबैको साथ र मेरो निरन्तर कर्मले आज विश्व अहिंसा दिवस र महात्मा गान्धी दिवसका दिन ‘विश्वशान्ति सम्मान’ र ‘विश्वशान्तिदूत आजीवन’ प्राप्त हुने अत्यन्त गौरवमय सौभाग्य मिल्यो । प्रदान गर्ने र निमन्त्रणा गर्ने संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु ।’’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments