Wednesday, August 19, 2026
Homeकला र साहित्यवाल्मीकिको पुनर्जन्मका रूपमा लिइने तुलसीदासको जन्मजयन्ती आज मनाइँदै

वाल्मीकिको पुनर्जन्मका रूपमा लिइने तुलसीदासको जन्मजयन्ती आज मनाइँदै

विराटचोकः संस्कृत भाषाका आदिकवि वाल्मीकिको पुनर्जन्मका रूपमा समेत लिइने कवि तुलसीदासको जन्मजयन्ती आज मनाइँदैछ ।

उहाँले लेख्नुभएको हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गर्ने, गाउने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताउनुभएको थियो ।

बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।

तुलसीदास १२ महिना आमाको गर्भमा रहेका थिए र जन्मिँद १२ वटा दाँत सहित जन्मिएका थिए भनिन्छ । जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई ‘राम’ नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम रम्बोला दास रहन गएको थियो भनिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments