Tuesday, August 18, 2026
Homeकला र साहित्यकोसी साहित्य –कला परिषद्को प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडा

कोसी साहित्य –कला परिषद्को प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडा

बेलबारीः कोसी साहित्य–कला परिषद्ले संस्थाको प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडालाई चयन गरेको छ । साउन ३१ गते बसेको संस्थाको कार्यसमितिको बैठकले खतिवडालाई प्रमुख सल्लाहकारका रूपमा चयन गरेको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति खतिवडा प्राज्ञिक, साहित्यिक तथा नवपुस्ताका लागि प्रेरक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ यसअघि पनि संस्थाको सल्लाहकार सदस्य रहनुभएको थियो ।

संस्थाका अन्य सल्लाहकारहरूमा हर्कमान तामाङ (मोरङ), विवश पोखरेल (मोरङ), केशव आचार्य (झापा), विक्रमश्रि (सुनसरी), मिश्र वैजयन्ती (मोरङ) र छवि वैरागी घिमिरे (मोरङ) हुनुहुन्छ । तामाङ, आचार्य, वैजयन्ती र घिमिरे संस्थाको स्थापनादेखि नै सल्लाहकार रहनुभएको थियो । पोखरेल तथा विक्रमश्री भने यस पटक थपिनु भएको हो ।

त्यस्तै संस्थाले रोमु अधिकारी (सुनसरी) लाई साहित्य विभाग, शारदा दाहाल भण्डारी सङ्खुवासभा (हाल मोरङ) लाई भाषा विभाग र राज ‘यात्री’ लम्साल (मोरङ)लाई कला विभागको संयोजकको जिम्मेवारी दिएको छ । विभागीय सहसंयोजक तथा अन्य सदस्यहरूको मनोनयन भने आवश्यकताका आधारमा पछिल्ला बैठकले गर्ने संस्थाका अध्यक्ष केशु विरहीले जानकारी दिनुभयो ।

कोसी साहित्य कला परिषद्को अध्यक्षमा पुनः केशु विरही

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments