विराटचोकः आज बजार खुलेको ६ मिनेटसम्म हरियाली छाएको शेयर बजारमा त्यसपछि भने निरन्तर रातो पोतिएको छ । कारोबार समयको आधा समय (दुई घण्टा) बित्दा नेप्से परिसूचक १५ अङ्क हाराहारी घटेको छ ।
नेप्से सूचक २६२६ आसपास रहेर कारोबार भइरहँदा २ घण्टामा २ अर्ब ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंकको बोण्डको ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
दुई कम्पनीको शेयरमूल्य १५ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।





