Monday, August 10, 2026
Homeकला र साहित्यकोसी साहित्य कला परिषद्को अध्यक्षमा पुनः केशु विरही

कोसी साहित्य कला परिषद्को अध्यक्षमा पुनः केशु विरही

बेलबारीः हिजो सम्पन्न कोसी साहित्य–कला परिषद् नेपालको पहिलो साधारण सभाले तदर्थ समितिका पदाधिकारीलाई नै नयाँ कार्यसमितिका लागि चयन गरेको छ । तदर्थ समितिमा रहेका केही सदस्यको स्थानमा भने नयाँ सदस्य चयन गरिएको छ ।

बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा भएको साधारणसभाले केशु विरहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’ सहसचिवमा गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्लेलाई चयन गरेको छ ।

त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, खेमचन्द्र अधिकारी, मनोज विश्वकर्मा, नवीन थापा क्षेत्री, अम्बिकाप्रसाद कोइराला ‘अकेला’ र एकराज भट्टराई चयन हुनुभएको छ ।

सो साधारणसभामा संस्थाको आर्थिक वर्ष २०८२\०८३ को प्रगति प्रतिवेदन अध्यक्ष केशु विरही र आर्थिक प्रतिवेदन कोषाध्यक्ष चिरञ्जीवी काफ्लेले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा हर्कमान तामाङ, अमृतप्रसाद आचार्य, धनजीत पराजुली, तिला लेकालीलगायतका स्रष्टाहरूको शुभकामना मन्तव्य दिनुभएको थियो ।

संस्थाले भड्किलो तथा खर्चिलो साहित्यिक कार्यक्रमलाई मितव्ययी बनाउन खादा मालाको प्रयोग नगर्ने, मञ्चलाई अतिथि आसनका लागि नभएर कार्यक्रमका लागि मात्र प्रयोग गर्ने, संस्थालाई साझा चौतारीका रूपमा विकास गर्ने, निःशुल्क बौद्धिक कार्य नलाउने, कुनै पनि राजनीतिक पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिलाई नेतृत्वमा नल्याउने आदि कार्यको थालनी गरेर साहित्यमा पुराना मान्यतालाई तोड्दै नयाँ मान्यता स्थापित गरेको छ ।

साधारणसभामा सामाजिक व्यक्तित्व तथा अग्रज स्रष्टा हर्कमान तामाङ प्रमुख अतिथि रहनुभएको थियो । झापा, मोरङ तथा सुनसरीका विभिन्न पालिकामा रहेर भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा र कलाकारहरूको उपस्थिति कार्यक्रममा रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments