Wednesday, August 19, 2026
Homeअर्थशेयर१९ अङ्क तल झर्याे शेयर बजार

१९ अङ्क तल झर्याे शेयर बजार

विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.३४ अंकले घटेर २ हजार ६२२.४८ बिन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४७ स्टकको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५५ हजार २४६ पटक किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।

कारोबारमा आएकामध्ये व्यापारबाहेक बाँकी सबैमा रातो पोतियो । व्यापार समूह ०.४१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले घटेको छ ।

आज कृषि विकास बैंक बोण्डको सर्वाधिक ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाईड्रोको ३९ करोड १४ लाख, खानीखोला हाईड्रोको २५ करोड २६ लाख, रिलायन्स स्पिीनिङ मिल्सको १६ करोड ७८ लाख र युनाइटेड मोदी हाईड्रोको १६ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सगरमाथा जलविद्युतको शेयरमूल्य सर्वाधिक अर्थात् १०.६३ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ११ अर्ब २ करोड २९ लाख १६ हजार ६१९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments