Wednesday, August 19, 2026
Homeअपराधआठ लाख मूल्यको चोरी भएको तामाको तार पोखरीमा फेला

आठ लाख मूल्यको चोरी भएको तामाको तार पोखरीमा फेला

विराटनगरः मोरङको कटहरी गाउँपालिका–१ स्थित श्याम सिमरन मेटल इन्डस्ट्रिजमा तेलको टिन बनाउने प्रयोजनका लागि राखिएको कच्चा क्वायल तामाको तार प्रहरीले पोखरीमा फेला पारेको छ ।

करिब आठ लाख रुपैयाँ मूल्य बराबरको ३११ केजी तामाको तार सो उद्योगको मेन सेटरको ताला फुटाएर चोरी भएको भन्दै उद्योगले प्रहरीमा जानकारी गराएको थियो । त्यसपछि प्रहरीले खोजी गर्ने क्रममा कटहरी–२ स्थित दिलीप श्रेष्ठको पोखरीभित्र सो तामाको तार फेला परेको थियो ।

प्रहरीले तार बरामद गरी प्रहरी चौकी कटहरीमा ल्याएको जनाएको छ । प्रहरीले बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी उद्योगको जिम्मा लगाउने तयारी गरेको छ ।

प्रहरी चौकी कटहरीका अनुसार चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि थप अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments