Sunday, August 16, 2026
Homeशिक्षा र स्वास्थ्यविराटनगरको एभरेष्ट स्कुलका विद्यार्थीले गरे लेटाङको राजारानीमा हाइकिङ

विराटनगरको एभरेष्ट स्कुलका विद्यार्थीले गरे लेटाङको राजारानीमा हाइकिङ

लेटाङः विराटनगर–५ स्थित एभरेष्ट स्कुलका कक्षा १२ का विद्यार्थीहरूले मोरङको लेटाङ नगरपालिका–१ स्थित प्राकृतिक तथा ऐतिहासिक महत्व बोकेको राजारानी क्षेत्रमा हाइकिङ गरेको छ ।

लेटाङ–२ को किराँत चोकबाट शुरु भएको पदयात्रा करिब डेढ घण्टाको उकालोपछि राजारानी ताल पुग्नेबित्तिकै उत्साहमा परिणत भएको थियो ।

त्यहाँ पुगेपछि उनीहरूले प्रकृतिको सन्तुलन, जैविक विविधताको महत्त्व र संरक्षणको आवश्यकता पनि बुझ्ने मौका पाए । राजारानी सामुदायिक वनका अध्यक्ष सुजन मगरले त्यस क्षेत्रको इतिहास सुनाइरहँदा विद्यार्थीहरू गम्भीर भएर सुन्दै थिए । राजारानीलाई अजिङ्गरहरूको राजधानी मानिने, धिमाल समुदायको उद्गमस्थलका रूपमा लिइने तथा यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी दिँदा विद्यार्थीहरूले पुस्तकबाहिरको इतिहाससँग साक्षात्कार गर्ने अवसर पाएका थिए ।

राजारानी भ्रमणको अर्काे विशेष आकर्षण बन्यो लेटाङ नगरपालिकाले निर्माण गरेको अन्तरधार्मिक पार्क । हिन्दू, बौद्ध, किरात, इस्लाम र इसाई धर्मबीच सद्भाव र सहअस्तित्वको सन्देश दिने उद्देश्यले निर्माण गरिएको पार्कले विद्यार्थी, शिक्षक र सहभागी सबैको ध्यान तान्यो ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती र उपप्रमुख कृष्णकुमारी निरौला स्वयं उपस्थित भएर विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो । उहाँहरूले राजारानी क्षेत्रको प्राकृतिक, जैविक, ऐतिहासिक तथा पर्यटन महत्वबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments