इटहरीः लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा ‘लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम’ इटहरी–२ स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीलाई लागूऔषधका प्रकार, प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, कानुनी व्यवस्था र दुव्र्यसनबाट बच्ने उपायबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो ।
लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलको अध्यक्षता तथा लायन्स डिस्ट्रिक्ट जीएसटी को–अर्डिनेटर भोजराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दुर्गा पौडेल लगायत प्रहरी टोलीले विद्यार्थीलाई लागूऔषधविरुद्ध सचेतना तथा आवश्यक जानकारी प्रदान गरेका थिए ।
लागूऔषधको जोखिमबाट विद्यार्थी तथा युवालाई जोगाउँदै स्वस्थ, सुरक्षित र सचेत समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुश ढुङ्गेलले बताउनुभयो ।





