मृगौलियाः गछिया जेसीज र मृगौलिया स्वास्थ्य चौकीको आयोजनामा मोरङको सुन्दरहरैँचा–२ मृगौलियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको शिविरमा स्थानीय ४ सय नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक गछिया जेसीजले जनाएको छ ।
शिविर कार्यक्रममा गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन), सुन्दरहरैँचा–२ का वडाध्यक्ष विवश प्रधान तथा प्रमुख अतिथि सामाजिक व्यक्तित्व देवराज तामाङ लगायतले स्वास्थ्य सेवा, युवाको भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा धारणा राख्नुभएको थियो ।





