Tuesday, August 11, 2026
Homeअर्थशेयरलगातार तेस्रो दिन घट्यो नेप्से

लगातार तेस्रो दिन घट्यो नेप्से

विराटचोकः साताको पहिलो कारोबार दिन हिजो शेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०४ अंकले घटेर २ हजार ६४१.०५ बिन्दुमा अडिएसँगै नेप्से लगातार तेस्रो दिन घटेको हो ।

नेप्सेमा सूचीकृत ३५२ वटा स्टकको ५३ हजार २५४ पटक १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका ४ उपसमूहमा मात्रै हरियाली छाएको बजारमा लघुवित्त समूह सर्वाधिक अर्थात ०.१९ प्रतिशतले बढेको थियो । व्यापार समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको थियो ।

घटेको बजारमा सोलु हाईड्रो पावरको सर्वाधिक ४६ करोड ३७ लाख ६ हजार १२० रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर, फस्र्ट माइक्रोफाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंक उच्च शेयर कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक अर्थात ८.४७ प्रतिशतले बढ्दा आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात ८.८७ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ३८ अर्ब ८४ करोड ३० लाख ३ हजार ३८६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments