Monday, August 10, 2026
Homeसमाचार१०० वर्षपछि पर्सि स्पेनबाट देखिँदै दुर्लभ पूर्ण सूर्यग्रहण

१०० वर्षपछि पर्सि स्पेनबाट देखिँदै दुर्लभ पूर्ण सूर्यग्रहण

विराटचोकः स्पेनमा एक शताब्दीपछि आगामी पर्सि १२ मा दुर्लभ पूर्ण सूर्यग्रहण देखिने भएपछि विश्वभरका खगोलप्रेमी र वैज्ञानिकहरू उत्साहित भएका छन् ।

नासा र युरोपेली अन्तरिक्ष एजेन्सीले विशेष अनुसन्धानका साथै सूर्यग्रहणको प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेका छन् । विशेषज्ञहरूले सूर्यग्रहण हेर्दा आँखाको सुरक्षाका लागि प्रमाणित इक्लिप्स चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।

सो खगोलीय घटना अवलोकन गर्न विश्वका विभिन्न देशबाट हजारौं मानिस स्पेन गइरहेका छन् ।

पूर्ण सूर्यग्रहण स्पेनका केही क्षेत्रबाट स्पष्ट रूपमा देखिनेछ भने युरोपका अधिकांश भाग, क्यानडा, उत्तरी अमेरिकाका केही क्षेत्र तथा पश्चिम अफ्रिकाबाट आंशिक सूर्यग्रहण अवलोकन गर्न सकिने जनाइएको छ ।

वैज्ञानिकहरूका अनुसार सूर्यग्रहणका केही मिनेटका लागि तापक्रम घट्ने, दिनमै अन्धकार छाउने र केही ग्रह तथा चम्किला ताराहरू पनि देखिन सक्नेछन् । यही दिन राति (पर्सिड) उल्कावृष्टि पनि चरम अवस्थामा पुग्ने भएकाले खगोलीय दृश्य झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ ।

यस दुर्लभ खगोलीय घटनालाई लक्षित गर्दै स्पेनका विभिन्न शहरमा सार्वजनिक अवलोकन कार्यक्रम, विज्ञान प्रदर्शनी र जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ ।

स्पेनको मुख्य भूभागमा यसअघि पूर्ण सूर्यग्रहण सन् १९१२ मा देखिएको थियो । त्यसयता पहिलो पटक यस्तो दुर्लभ दृश्य देखिन लागेको हो ।

वैज्ञानिकहरूका अनुसार सन् २०२७ मा स्पेनमै अझ लामो समयसम्म देखिने अर्को पूर्ण सूर्यग्रहण लाग्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments