Tuesday, August 4, 2026
Homeशिक्षा र स्वास्थ्यशैक्षिक परामर्श संघको एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न

शैक्षिक परामर्श संघको एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न

इटहरीः अन्तर्राष्ट्रिय शिक्षामा सहकार्य विस्तार गर्ने प्रतिबद्धतासहित नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल शाखाको समन्वय र सहजीकरणमा आयोजित एजेण्ट मिट एण्ड ग्रीट कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।

नेपालका लागि विश्वविद्यालयका कन्ट्री म्यानेजर सुमन अधिकारीको निमन्त्रणामा आयोजित कार्यक्रममा पूर्वी नेपालका विभिन्न शैक्षिक परामर्शदाता, शैक्षिक परामर्श व्यवसायी तथा कन्सल्टेन्सी सञ्चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय मान्यता, विद्यार्थी भर्ना प्रक्रिया, छात्रवृत्ति, विद्यार्थी सहायता सेवा तथा साइप्रसमा अध्ययनका विविध अवसरबारे जानकारी दिइएको थियो ।

सहभागीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै भर्ना प्रक्रिया, छात्रवृत्ति, अन्तर्राष्ट्रिय अध्ययनका सम्भावना तथा भावी संस्थागत सहकार्यका विषयमा विस्तृत जानकारी आदानप्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको विश्वविद्यालयका प्रतिनिधिले जवाफ दिएका थिए ।

कार्यक्रमका विशेष अतिथिमा इक्यानका केन्द्रीय सदस्य कमल तिम्सिना तथा नागरिक समाज इटहरीका पूर्व अध्यक्ष एवं सङ्गीत साधना प्रतिष्ठान नेपाल इटहरीका महासचिव राजु केसी हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण दिव्यराज गुरुङले गर्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता इक्यान पूर्वाञ्चल शाखाका अध्यक्ष रविकुमार गुप्ताले गर्नुभएको थियो भने सञ्चालन शाखाका सचिव गोपाल निरौलाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments