Tuesday, August 4, 2026
Homeअर्थ२ दिनपछि बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

२ दिनपछि बढायो निगमले पेट्रोलियम पदार्थको मूल्य

विराटचोकः हरेक अङ्ग्रेजी महिनाको १ र १५ तारिकमा पेट्रोलियम पदार्थको मूल्य अद्यावधिक गर्ने गरेको नेपाल आयाल निगमले यस पटक भने दुई दिन ढिलो पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा पुगेको छ ।

एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments