Tuesday, December 24, 2024
Homeफिचरयी हुन् राष्ट्रिय सभामा निर्वाचित हुने १९ जना

यी हुन् राष्ट्रिय सभामा निर्वाचित हुने १९ जना

विराटचोकः बिहीबार राष्ट्रिय सभाका १९ जना नयाँ सदस्य निर्वाचित भएका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखले दिएको मतका आधारमा सत्ता गठबन्धनका १८ र एमालेका एक सदस्य निर्वाचित भएका हुन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाई सदस्यको दुई\दुई वर्षमा चुनाव गर्ने संवैधानिक व्यवस्थाअनुसार २० जनाको कार्यकाल २० फागुनमा सकिँदैछ । एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले बिहीबार निर्वाचन भएको हो । बिहीबार निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित हुन बाँकी एक जनाको कार्यकाल २१ फागुनदेखि शुरु हुनेछ ।

यी हुन् निर्वाचित हुनेहरुः

कोशी प्रदेशः कृष्णप्रसाद सिटौला (कांग्रेस), रुक्मिणी कोइराला ( एमाले)

मधेस प्रदेशः आनन्दप्रसाद ढुंगाना (कांग्रेस), पूजा चौधरी (जसपा)

बागमतीः जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (कांग्रेस), श्रीकृष्ण अधिकारी (माओवादी), घनश्याम रिजाल (एकीकृत समाजवादी)

गण्डकीः किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (कांग्रेस), मनरुपा शर्मा (माओवादी)

लुम्बिनीः विष्णुकुमारी सापकोटा (कांग्रेस), झक्कुप्रसाद सुवेदी (माओवादी)

कर्णालीः सावित्री मल्ल (एकीकृत समाजवादी), विष्णु विक (माओवादी), कृष्णबहादुर रोकाया (कांग्रेस)

सुदूर पश्चिमः नारायण भट्ट र बलदेव बोहरा (कांग्रेस), रेणु चन्द (माओवादी)

कांग्रेस नेता सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला कोशीबाट राष्ट्रिय सभामा निर्वाचित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments