Tuesday, December 24, 2024
Homeफिचरसत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला कोशीबाट राष्ट्रिय सभामा निर्वाचित

सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला कोशीबाट राष्ट्रिय सभामा निर्वाचित

विराटनगरः सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार रहेकी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई १०० मतभारले हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

सत्ता गठबन्धन भन्दा नेकपा एमाले राप्रपा गठबन्धन ७९४ मतान्तरले पछाडि थियो ।

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ कोइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments