Tuesday, December 24, 2024
Homeफिचरसुकुना क्याम्पस र बङ्गलादेशको युनिभर्सिटीबीच सम्झौता

सुकुना क्याम्पस र बङ्गलादेशको युनिभर्सिटीबीच सम्झौता

विराटचोकः मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पस र बङ्गलादेशको राजधानी ढाकामा रहेको युनिभर्सिटी अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेसबीच शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा सम्बन्ध विकास र विस्तार गर्ने विषयमा सम्झौता भएको छ ।

बंगलादेशको राजधानी ढाकामा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले र युनिभर्सिट अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेस ढाका, बङ्गलादेशको तर्फबाट सो विश्वविद्यालयका उपकुलपति प्रा.डा. महमद अब्बु हसन भुईँयाले हस्ताक्षर गरेको सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइका प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

सम्झौता अनुसार दुवै शैक्षिक संस्थाहरूले एकआपसमा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने‚ विद्यार्थी तथा शिक्षक आदानप्रदान गरी सम्बन्ध सुमधुर गर्ने र प्रकाशनका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता आदानप्रदान कार्यक्रममा उक्त विश्वविद्यालयका रजिष्ट्रार‚ आन्तरिक गुणस्तर सुनिश्चितता समितिका प्रमुख‚ शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments