सुन्दरहरैंचाः नेपाल बीमा प्राधिकरणले हालै खेलकुद बीमालेख जारी गरेको छ । नेपालमा पहिलो पटक जारी भएको खेलकुद बीमालेखमा ५१ वटा खेलका खेलाडी तथा प्रशिक्षकले बीमा गर्न पाउँछन् । ती खेललाई पनि जोखिमका आधारमा न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त भनेर ३ समूहमा वर्गीकरण गरिएको छ ।
न्यून जोखिम अन्तर्गत रहेका खेलका लागि बीमाशुल्क २ रुपैयाँ प्रति हजार तोकिएको छ । सामान्य जोखिमका लागि २ रुपैयाँ ५० पैसा प्रति हजार र जोखिमयुक्तका लागि ३ रुपैयाँ प्रतिहजार बीमाशुल्क तोकिएको छ । न्युन जोखिममा १४ वटा, सामान्य जोखिममा २४ वटा र जोखिमयुक्त खेलमा १३ वटा खेलहरू समावेश छन् ।
टेबल टेनिस, सफ्ट टेनिस, टेनिस, शुटिङ्ग, गल्फ, बडीबिल्डिङ एण्ड फिटनेश, स्क्वाक्स राकेट्, बुद्धिचाल, विलियर्ड, स्नुकर तथा पुल, बलिङ्ग, टग् अफ वार, रोप स्किपीङ्ग, आर्चरी, योग खेलकुदलाई न्युन जोखिमयुक्त खेल मानिएको छ ।
साइक्लिङ, कुस्ती, फुल कन्ट्याक कराते, बक्सिङ, उसु, तेक्वान्दो, कराते, रिङ रेस्लिङ, खो खो, कबड्डी, ट्रयाथलन, भारात्तोलोन, सेपाकताक्रो, पौडी, बास्केटबल, ह्यान्डबल, जिम्न्यास्टिक, ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथ्लेटिक्स, फेन्सिङ र जुडोलाई सामान्य जोखिमयुक्त खेल मानिएको छ ।
फुटबल, इक्विट्रियन, मोटर तथा मोटरसाइक्लिङ स्पोर्टस, राफिटक्यानोइ, प्याराग्लाइडिङ ह्याङ्ग ग्लाइडिङ्ग, क्लाईविङ्ग, पेटाथोलन, बञ्जी जम्पिङ एण्ड क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ्ग, आईस हक्की एण्ड अल्पाइन स्पोर्टस, वाटर स्पोर्टस, रग्बीलाई जोखिमयुक्त खेलको सूचीमा राखिएको छ ।