विराटचोकः हिजो ह्वात्तै बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँ तोकिएको छ ।
हिजो सुनको भाउ तोलामा १४ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४१५ रुपैयाँ बढेको थियो ।





