विराटचोकः हिजो आईपीओ सूचीकृत भएको रिज लाइन इनर्जीको पहिलो कारोबार ३० रुपैयाँमा भएको छ । आज स्पेशल प्रि ओपनमा सो आईपीओको पहिलो कारोबार ३० रुपैयाँमा भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । जसअनुसार १०० रुपैयाँदेखि ३०० रुपैयाँको बीचमा आज सो कम्पनीको आईपीओ किनबेच हुनुपर्ने थियो । तर न्यूनतम मूल्यभन्दा निकै तल सो कम्पनीको कारोबार भएको छ ।
अहिले सो कम्पनीको आईपीओ किनबेच गर्न नमिल्ने बनाइएको छ । मार्केट डेप्थमा सर्च गर्दा पनि सो कम्पनीको नाम देखिँदैन । प्राविधिक कारणले ३०० रुपैयाँमा किनबेच हुनुपर्ने ३० रुपैयाँमा भएको अनुमान गरिएको छ ।
कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको २६ लाख ७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ९२ लाख लाख ९३ हजार कित्ता शेयर गरी कुल १ करोड १८ लाख ५० हजार कित्ता नेप्सेमा हिजो सूचीकृत भएको थियो ।





