Thursday, March 12, 2026
Homeराजनीतिसमानुपातिकतर्फको सिट बाँडफाँड गर्न निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि यसरी...

समानुपातिकतर्फको सिट बाँडफाँड गर्न निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि यसरी गरिन्छ प्रयोग

विराटचोकः प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम सकिएको छ । प्रत्यक्षतर्फको सिट गणना सजिलो भए पनि समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ भन्ने चासो मतदातामा पाइन्छ ।

निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट सङ्ख्या निर्धारण गरिन्छ ।

समानुपातिकतर्फ सिट प्राप्त गर्न राजनीतिक दलहरुले कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत कटाउनुपर्छ । जसलाई थ्रेस होल्ड भनिन्छ । ३ प्रतिशत मत प्राप्त गर्न नसक्ने दलहरु सिट बाँडफाँडको प्रक्रियामै सहभागी हुन पाउँदैनन् । थ्रेसहोल्ड कटाएका दलहरुको मतलाई मात्र सिटमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढाइन्छ ।

निर्वाचन आयोगका अनुसार दलहरुले पाएको सदर मतलाई बिजोर नम्बरहरु (१, ३, ५, ७, ९, ११, १३ आदि) ले निरन्तर भाग गरिन्छ । यसरी भाग गर्दा आउने भागफलहरुलाई ठूलोबाट सानो क्रममा मिलाएर राखिन्छ । समानुपातिकतर्फ जम्मा १ सय १० सिट हुने भएकाले माथिबाट गन्दै जाँदा सबैभन्दा ठूला १ सय १० वटा भागफल छानिन्छन् । ती १ सय १० वटा ठूला भागफल कुन–कुन दलको भागमा पर्छन्, त्यही आधारमा उनीहरुले सिट प्राप्त गर्छन् ।
सिट संख्या यकिन भइसकेपछि दलहरुले कानूनले तोकेको समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) बमोजिमको क्लस्टर मिलाएर ३ दिनभित्र आयोगमा नाम सिफारिश गर्नुपर्ने हुन्छ । दलहरुले पठाएको नाम बन्द सूचीको क्रम र समावेशी कानून बमोजिम छ वा छैन भनेर निर्वाचन आयोगले जाँच गर्छ । कानुनसम्मत देखिएपछि मात्र अन्तिम नामलाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र वितरण गरिन्छ ।

यसरी हेर्दा चैत पहिलो सातामात्रै समानुपातिक सांसदको टुङ्गो लाग्ने देखिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments