Saturday, October 24, 2026
Homeराजनीतिसुन्दरहरैंचामा स्पष्ट लक्ष्य र एजेण्डाको अभियानसहित निर्वाचनमा जाने उद्घोष

सुन्दरहरैंचामा स्पष्ट लक्ष्य र एजेण्डाको अभियानसहित निर्वाचनमा जाने उद्घोष

विराटचोकः आगामी निर्वाचनमा स्पष्ट लक्ष्य र एजेन्डासहित गैरराजनीतिक व्यक्तिलाई अघि सारेर चुनावमा जाने योजना बनाउँदै अभियान सञ्चालन गर्ने एक समूहले उद्घोष गरेको छ ।

नगरको विकास, सुशासन, पारदर्शिता र जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै स्पष्ट दृष्टि र ठोस एजेन्डासहित गैरराजनीतिक पृष्ठभूमिका व्यक्तिलाई अघि सारेर चुनावमा जाने योजना बनाउँदै सो समूहले छलफल गरेको हो ।

व्यक्तिकेन्द्रित राजनीति नभई जनताको आवश्यकता, विकासका प्राथमिकता र परिणाममुखी कामलाई केन्द्रमा राखेर अभियान अघि बढाउने तयारी रहेको बताइएको छ ।

अभियानको नेतृत्व कसले गर्ने, कुन–कुन एजेन्डा अघि सारिने र चुनावी रणनीति कस्तो हुने भन्ने विषयमा औपचारिक घोषणा हुन बाँकी छ ।

सो अभियानले स्पष्ट कार्ययोजना, सक्षम नेतृत्व र जनताको विश्वास प्राप्त गर्न सकेमा सुन्दरहरैँचाको आगामी राजनीतिक समीकरणमा नयाँ बहस सिर्जना हुन सक्ने अभियन्ता भीम अधिकारी बताउनुहुन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments