Thursday, March 12, 2026
Homeराजनीतिकोशी प्रदेशमा रास्वपाले समानुपातिकमा बढी मत ल्यायो, कांग्रेस र एमालेले प्रत्यक्षमा

कोशी प्रदेशमा रास्वपाले समानुपातिकमा बढी मत ल्यायो, कांग्रेस र एमालेले प्रत्यक्षमा

विराटचोकः निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा रास्वपाले प्रत्यक्षमा भन्दा बढी मत ल्याएको छ । कांग्रेस र एमालेले समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत ल्याएका छन् ।

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ती क्षेत्रमा रास्वपाले प्रत्यक्षतर्फ ७ लाख ९६ हजार २७ मत पाएको छ । समानुपातिकतर्फ ८ लाख ५३ हजार १८६ मत पाएको छ ।

रास्वपाका उम्मेदवारहरू दुई क्षेत्रमा दोस्रो, एउटा क्षेत्रमा तेस्रो, पाँच क्षेत्रमा चौथो र तीन वटा क्षेत्रमा पाचौं भएका छन् ।

कोशी प्रदेशमा कांग्रेसले समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ पाएको छ । प्रत्यक्ष तर्फका सबै २८ जना उम्मेदवारले प्रत्यक्षतर्फ पाएको मत जोड्दा ३ लाख ६० हजार ८०९ पुग्छ ।

एमालेले समानुपातिकतर्फ २ लाख ८८ हजार १८६ मत पाएको छ । प्रत्यक्षतर्फ एमालेका उम्मेदवारहरूले ३ लाख २१ हजार ७१७ मत ल्याएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments